Our Social Contribution

भोटेकोशी बाढीपीडितहरूका लागि सहयोग
भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण प्रभावित परिवारहरूको दुःख र कठिन परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै भेन्चर हायर पर्चेज लिमिटेड को तर्फबाट रु. ५ लाख (पाँच लाख रुपैयाँ) आर्थिक सहयोग प्रदान गरेका छौँ।
प्राकृतिक विपत्तिको यस कठिन घडीमा प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको साथमा उभिनु हाम्रो सामाजिक दायित्व र मानवीय कर्तव्य हो भन्ने भावनाका साथ यो सहयोग गरिएको हो। यस सहयोगले बाढीपीडित परिवारहरूको दैनिक जीवनमा केही राहत पुगोस् तथा आवश्यक पुनःस्थापना र पुनर्निर्माणका कार्यमा सहयोग मिलोस् भन्ने हाम्रो अपेक्षा रहेको छ।
यस विपत्तिबाट प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गर्दछ। साथै, प्रभावित परिवारहरूलाई आवश्यक सहयोग जुटाउन हातेमालो गर्नुहुने सम्पूर्ण व्यक्ति, संघ–संस्था तथा सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।
दुःखमा साथ, विपत्तिमा सहयोग र समाजप्रतिको जिम्मेवारी-यही हाम्रो प्रतिबद्धता हो।
सामाजिक उत्तरदायित्वप्रति सदैव प्रतिबद्ध।

Leave a Reply

Your email address will not be published. Required fields are marked *