भेन्चर हायर पर्चेज लिमिटेडको १० औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । भेन्चर हायर पर्चेज लिमिटेडको १० औँ वार्षिक साधारण सभाले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभाले वित्तीय विवरण, लेखापरीक्षकको प्रतिवेदन तथा सञ्चालक नियुक्तिसम्बन्धी प्रस्तावहरू अनुमोदन गरेको छ।
आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले १७ करोड ९७ लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ। कम्पनीले आगामी दिनमा ११ लाख कित्ता आईपीओ जारी गरी चुक्ता पुँजी ५५ करोड रुपैयाँ पुर्याउने योजना बनाएको छ। साथै, सुरक्षित लगानी विस्तार गर्दै सम्पर्क कार्यालयमार्फत सेवा पहुँच बढाउने रणनीति लिएको छ। सभा अध्यक्ष निशान ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा IME ग्रुपका अध्यक्ष चन्द्र ढकाललगायतको उपस्थिति रहेको थियो।










